© २०२३
सल्यान, ४ फागुन । सल्यानको पिमखोलामा १०४ घरधुरी किसानले पशु स्वास्थ्य सेवा प्राप्त गरेका छन् । त्रिवेणि गाउँपालिकाको पशु सेवा शाखाले शुक्रबार आयोजना गरेको निशुल्क शिविरबाट वडा नम्बर २ का दुई हजार ५५५ पशुचौपायाको उपचार, औषधि वितरण संगै खोप सेवा प्रदान गरिएको हो ।
शिविरबाट एक हजार १० बाख्रा, एक हजार २६९ कुखुरा, १२५ गाइगोरु, ५८ भैंसीको चेकजाँच, उपचार र औषधि बितरण गरिएको पशु सेवा शाखाका प्रमुख बसन्त रावतले जानकारी दिए । उनका अनुसार शिविरमा २३ कुकुरलाइ रेविज विरुद्धको खोप पनि दिइएको थियो ।
सो अवसरमा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष कर्णदेव डांगीले गाउँ गाउँमा पशु स्वास्थ्य सेवा संगै पशु पालन व्यवसायलाई व्यवस्थित रुपले अघि बढाउन टेवा पुग्ने बताए । यसपछी वडा नम्बर ६ को भमकेज्युलामा यहि फागुन ९ गते पशु स्वास्थ्य शिविर तय गरिएको गाउँपालिकाले जनाएको छ ।