© २०२३
बुटवल, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडेलले आसन्न महासमिति वैठकमा नीति प्रस्तावका लागि आठबुंदे सुझाव पेश गरेका छन् । कंडेलले पहिलो बुंंदामा पार्टी नेपाल सनातन हिन्दुराष्ट्र,धर्म निरपेक्ष वा धर्म सापेक्ष के को पक्षमा उभिने हो प्रष्ट पार्नुपर्ने विषय छलफलका लागि प्रस्ताव गरेका छन् ।
यस्तै भ्रष्टाचार आरोपमा जुनसुकै तहको नेतामाथि छानवीन पश्चात मुद्दा दर्ता भई अदालतबाट निर्णय नभएसम्म पार्टीको कुनै पनि तह र सार्वजनिक पदमा बस्न नपाउने निर्णय लिनुपर्ने कंडेलको प्रस्ताव छ ।
विभिन्न संवैधानिक निकायमा हुने पदपुर्ति राजनीतिक भागवण्डाको आधारमा नभई स्वच्छ प्रतिपस्पर्धा,कार्य मुल्याङकन र वैज्ञानिक मापदण्डका आधारमा निष्पक्ष ढंगले हुनुपर्ने उनको प्रस्ताव छ ।
चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको प्रमाणित भएपछि निजलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरिनुपर्ने उनको प्रस्ताव छ ।
जुनसुकै तहको चुनावा उममेदवार भई पराजितलाई ५ वर्षसम्म कुपनि लाभको पदमा मनोनयन वा निर्वाचित गर्न नपाइने नीति बनाउन कंडेलले प्रस्ताव गरेका छन् ।
२०८४ सालको सबै तहका चुनावमा पार्टीले चुना अगावै कुनै पनि दलसंग गठबन्धन गर्न नहुने नीति महासमिति वैठकबाट पारित गर्नुपर्ने उनको प्रस्ताव छ ।
पर्टीको जुनसुकै अधिवेशनमा पराजित नेतालाई सो पद भन्दा माथिल्लो पदमा मनोनित गर्न नपाइने र सभापतिमा पराजितलाई वरिष्ठ नेता मनोनित गर्ने नीति पारित गर्नुपर्ने कंडेलले प्रस्ताव गरेका छन् ।