© २०२३
पार्वती थारु
तिलोत्तमा ।
प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४७ औ स्मृति दिवस बुधबार मनाइएको छ । बुटवलको लखनचोकमा स्मृति दिवस मनाइएको हो ।
एक दशकअघि नेपालका प्रथम सहिद लखन थापाको शालिक बुटवलको चौराहमा स्थापना गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव कमला थापाले सहिद लखन थापालाई राज्यले सम्मान गर्न नसकेको भन्दै सार्वजनिक बिदा दिन माग गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै नेपाल मगर सघं जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेमबहादुर थापाले लखन चौराह नाम रहने भनिए पनि राजमार्ग चौराह भनिने गरिएको बताए । उनले देशका लागि बलिदान दिएका वीर सहिदको सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपाल मगर संघ जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेम बहादुर थापा, जिल्ला समितिका सचिव इन्दु थापाललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।