© २०२३
बुटवल, ३ फागुन । रोटरी दिवस (२३ फेब्रअरी) उत्सव उद्घाटन कार्यक्रम विहिबार बुटवलमा सम्पन्न भएको छ । रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तरगत दिवस मनाउने उपसमिति र रोटरी क्लब अफ रिजन ५ को आयोजनामा पुष्पलाल पार्कमा बेलुन उडाएर डिष्ट्रिक गर्भनर राजेन्द्र ध्वजुले समुदघाटन गरे । कार्यक्रममा बोल्दै डिजि ध्वजुले सामाजिक हितका क्षेत्रमा रोटरीको पहिचान नै काफी रहेको बताए । समाजसेवाको मुलमन्त्र बोकेको रोटरी भाईचारा र नेतृत्व विकास गर्न मद्यत मिल्ने उनले बताए ।
डिष्ट्रिक रोटरी डे सेलिब्रेसन चेयर राजेन्द्र ढकालले यसअघि एक दिनमात्र दिप प्रज्वलन गरिदै आएकोमा यो वर्ष विशेष रचनात्मक कार्यगरि सप्ताहब्यापी रुपमा मनाउन लागेको बताए । ‘नया ढंगबाट सप्ताहब्यापी रुपमा कार्यक्रम गर्दैछौ ।’–उनले भने । रोटरीको मुलमन्त्रमा आधारमानेर समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, स्वस्थ्य शिविर, तालिम लगायतका कार्यक्रम गरिने उनले बताए । बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिको कामनासहित फागुन ११ गते शुक्रबार मुल कार्यक्रम लुम्बिनीमा दिप प्रज्वलन गरि भब्य रुपमा मनाईने उनले बताए ।
डिष्ट्रिक अन्तरगत नेपालका रहेका १४४ वटा क्लबहरुले आफना गतिविधि गर्ने छन ।