© २०२३
बुटवल,३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका ७ पुरुष र ३ महिला गरी १० जनाको सनाखत भएको छ ।
मृतकहरुमा भिमदत्त नगरपालिका १६ कन्चनपुरकी सन्जु थापा, भिमदत्त नगरपालिका बाह्रकुण्डकी खगेश्वरी खाती,कन्चनपुर पुनर्बासकी विमलादेवी भट्ट,भीमदत्त २ का सुदीप भट्ट र भिमदत्त ९ का बिसनदत्त भट्ट रहेका छन् ।
यस्तै रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुन कुमार योगी, भारत उत्तरप्रदेशका सकिल मुसलमान, भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
महेन्द्रनगरबाट काठमाडौं जांदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको र कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।