ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ज्ञानगंगा पाठशालामा खेल सप्ताह समापन

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

तिलोत्तमा,२ फागुन ।   रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालामा मंगलबार एक कार्यक्रमसँगै खेल सप्ताह कार्यक्रम समापन भएको छ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारासँगै विद्यार्थीहरूमा चौतर्फी प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले खेल सप्ताह कार्यक्रम संचालन गरिएको विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपानेले बताए। खेल सप्ताह कार्यक्रमलाई चार सदनमा विभाजन गरी हरेकलाई फरक फरक विद्यामा प्रतिष्पर्धा गराइएको थियो ।

विद्यार्थीहरूमा शैक्षिक ज्ञानसँगै खेलमार्फत व्यक्तित्व विकास गर्नुका साथै राष्ट्र‌को पहिचानसमेत अन्तरास्ट्रिय जगतमा पुर्‍याउन सकिने उद्देश्यले खेल सप्ताह आयोजना गरिएको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले बताए। विद्यार्थीलाई प्रि नर्सरीदेखि कक्षा दुईसम्म विद्यालयको खेल मैदानमा प्रतिस्पर्धा गराइएको थियो। कक्षा ३ देखि कक्षा १०सम्मका खेलाडी विद्यार्थीहरूलाई तिलोत्तमाको डिङ्‌गरनगरको खेल मैदान र क्रिकेट खेल ज्योतीनगरको खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको विद्यालयका सह प्रायार्य केशवराज पन्तले बताए।

खेल सप्ताह कार्यक्रममा फरक फरक सदनका छात्र र छात्रालाई भलिबल, फुटबल, क्रिकेट, खोखो, डोरी तान्ने जस्ता समूहगत खेल खेलाइनुका साथै व्यक्तिगत प्रतिस्पर्धामा १०० मिटर, २०० मिटर र ४०० मिटर दौडका खेल तथा रिले दौड, सट पुट, हाइ जम्प, लङ जम्प लगायतका अनेकौं खेलमा मैत्रीपूर्णरुपमा खेल सञ्चालन भएको अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले बताए।

विविध खेल सञ्चालनमा विद्यालयका शिक्षक मनिष पौडेल, निर्मला थापा, रिसभ भण्डारी, कमल थापा, लक्ष्मी जि।सी।, प्रतिभा गिरी, सन्ध्या धिमिरे, सुनिल घिमिरे, डि एन पाण्डे, विक्रम खत्री लगायतले सहजीकरण गरेका थिए ।

खेल सप्ताह कार्यक्रम अन्तर्गत १३७ अङ्‌क पाएर अन्नपूर्ण सदन प्रथम, १०४ अङ्‌क ल्याएर माछापुच्छ्रे सदन द्वितीय, ९४ अङ्‌क ल्याएर धौलागिरी सदन तृतीय र ८२ अङ्‌कका साथ सगरमाथा सदन सान्त्वना भएका थिए।

विजयी भएका सदन तथा खेलाडीलाई एक कार्यक्रमसँगै मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । मेडल तथा प्रमाणपत्र वितरण विद्यालयका प्रबन्ध निर्देशक, प्राचार्य तथा तिलोत्तमा नगरपालिका वडा नं ४ का अध्यक्ष हरि बहादुर क्षेत्रीले गरेका थिए। क्षेत्रीले उक्त कार्यक्रममा बोल्दै खेलाडीलाई खेलसँगै अनुशासनमा ख्याल राखी राष्ट्रप्रति समर्पित हुन विद्यार्थीलाई सचेत गराउनेबारे मन्तव्य दिएका थिए ।

विद्यालयमा सरस्वती पूजाको सजावट पूर्ण रूपमा गरिएको साथै कागुन ३ र ४ मा विद्यार्थीका फरक फरक क्रियाकलाप गरिने र ५ गते जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगिता गरिने तथा फागुन ७ गते विद्यालयको वार्षिक उत्सव तथा शैक्षिक महोत्सव गरिने विद्यालयका शिक्षक कुलचन्द्र पुरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?