ट्रेंडिंग:

>> पोषणका लागि रैथाने बालीको प्रयोग बढाऔं: मुख्यमन्त्री आचार्य >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन्

लुम्बिनी प्रदेशमा २२.७६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

वर्षदिनमा ७३ हजार रुपैयाँ उपभोगमा खर्च गर्न सक्दैनन् नागरिक
१ फाल्गुन २०८०, मंगलवार
१ फाल्गुन २०८०, मंगलवार

बुटवल,२९ माघ । लुम्बिनी प्रदेशमा प्रदेशको कुल जनसंख्याको २२.७६ प्रतिशत गरिबीको रेखामुनि रहेको छ । २०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशको जनसंख्या ५१ लाख २४ हजार २ सय २५ रहेको छ । यसमध्ये शहरी जनसंख्या २८ लाख २० हजार ४ सय ९७ अर्थात ५५ .०४ प्रतिशत र ग्रामीण जनसंख्या २३ लाख ३ हजार ७ सय २८ अर्थात ४४.९६ प्रतिशत रहेको छ । प्रदेशमा १० लाख ६ हजार ४सय५० घर र ११ लाख ५५ हजार ५ सय २३ परिवार छन् ।
एक वर्षमा खाद्यान्नका लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य प्रयोजनमा ३७ हजार ८७९ रुपैयाँ गरी ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि रहेको मानिएको छ । अहिले नेपालको औसत प्रतिव्यक्ति उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ ।
सात प्रदेश मध्ये लुम्बिनीको गरिबीको रेखामुनि रहेको जनसंख्या तेस्रो ठूलो हो । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै गरिबी सुदूरपश्चिममा ३४.१६ प्रतिशत छ । दोस्रो धेरै मधेश प्रदेशमा २५.०८ प्रतिशत छ ।

सबैभन्दा कम गरिबीको रेखामुनि रहेको जनसंख्या गण्डकी प्रदेशमा ११.८८ प्रतिशत छ । बागमतीमा १२.५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् । कोशीमा १३.८० प्रतिशत र कर्णालीमा १४.०२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले प्रदेश सरकारले रोजगारी सिर्जना र उद्यमशीलता विकासमार्फत गरिबीको रेखामुनि रहेको जनसंख्यालाई माथि उकास्न पांच वर्षे रणनीतिक लक्ष्य निर्धारण गरेको भन्दै आगामी सर्वेक्षणसम्म पुग्दा यो संख्या आधा कम हुने दावी गरे ।

नेपालमा ५९ लाख नागरिक गरिबीको रेखामुनि रहेको सरकारी अध्ययनले देखाएको छ । तथ्यांक अनुसार सहरको तुलनामा गाउँमा धेरै नागरिक गरिबीको रेखामुनि रहेको देखिएको छ । सहरमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत नागरिक गरिबीको रेखामुनि पाइएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० अनुसार नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको देखिन्छ ।

२०७८ सालको जनगणनाका आधारमा ५९ लाख ११ हजार ६५९ जना गरिबीको रेखामुनि रहेको मान्न सकिने कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मी बताउँछन् ।
१२ वर्षअघि आर्थिक वर्ष २०६६–६७ मा भएको सर्वेक्षणले २५.१६ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देखाएको थियो ।

आर्थिक वर्ष २०५२–५३ मा गरिएको पहिलो जीवनस्तर सर्वेक्षणमा नेपालमा ४१.७६ प्रतिशत गरिबी रहेको देखिएको थियो २०६०–६१ मा यो दर ३०.८५ मा झरेको थियो । त्यस्तै २०६६–६७ मा गरिएको तेस्रो जीवनस्तर सर्वेक्षणमा २५–१६ प्रतिशतमा झरेको गरिबी दर चौथो सर्वेक्षणमा आइपुग्दा यसवर्ष २०.२७ प्रतिशतमा झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?