© २०२३
गुल्मी, १ फागुन । गुल्मीको मदाने गाउँपालिकामा सामुदायिक महिला स्वयंसेवीकाहरूलाई बाख्रा उपहार प्रदान गरिएको छ । मदाने गाउँपालिका वडा नं. १ अन्तर्गत अग्लुङ्मा कार्यरत सामुदायिक महिला स्वयंसेविकाहरूलाई आर्थिकोपार्जनसँग जोडनका लागि बाख्रा उपहार दिइएको वडाध्यक्ष शुसिल चन्दले जानकारी दिए ।
गाउँमा बसेर पनि लामो समयदेखि निःशुल्क रूपमा घरघरमा पुगेर स्वास्थ्य सम्बन्धि जनचेतना जगाउँदै आईरहेका स्वयंसेवीकाहरूलाई प्रत्यक्ष रूपमा आयआर्जनसँग जोडनका लागि बाख्रा उपहार दिएको वडा अध्यक्ष चन्दले बताए । बाख्रा उपहार पाएपछि आफूहरूमा थप उर्जा मिलेको भन्दै स्वयंसेवीका हुमा चन्दले वडाले उपहार स्वरूप दिएको बाख्राबाट आफुहरूको जीविकोपार्जनमा थप मद्दत पुग्ने बताईन । उनले महिला स्वयंसेवीकाहरूको समस्यालाई मनन् गर्दै वडा कार्यालयले गरेको सहयोग प्रति धन्यबाद दिएकी छन ।
वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विनियोजन रकमबाट उक्त वडाका दश जना सामुदायिक महिला स्वयंमसेवीकाहरूका निःशुल्क रूपमा उपहार रुवरूप बाख्रा बितरण गरिएको हो । गत वर्ष वडा कार्यालयको तर्फवाट सामग्रीरू सुरक्षित गर्नको लागि भन्दै स्वयंंसेवीकाहरूलाई उपहार स्वरूप दराज बितरण गरिएको वडाध्यक्ष चन्दले जानकारी दिए ।