ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
कण्डमबारे जनचेतना फैलाउन कन्सर्ट :

प्रत्येक दिन १० लाख मानिस यौन संक्रमणका शिकार

कण्डमले जोगायो ११ करोड ७० लाखलाई एच.आई.भी. संक्रमणबाट
२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

बुटवल,२९ माघ ।   विश्वमा प्रत्येक दिन १० लाख मानिसहरु यौन संक्रमणको शिकार हुने गरेको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले देखाएको छ । कण्डमको प्रयोग नगर्दा मानिसहरु यौन संक्रमणको शिकार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यौन संक्रमण र एचआईभी एड्स जस्ता रोगबाट बच्न कण्डमको अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । कण्डमको प्रयोगले गर्दा सन् १९९० देखि हासम्म एघार करोड सत्तरी लाख मानिसहरुमा नयाँ एच.आई.भी. संक्रमण हुनबाट जोगाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको एड्स हेल्थ फाउण्डेसन नेपालका बजार व्यवस्थापक राधेश्याम श्रेष्ठले बताए ।

‘कण्डमको सही प्रयोगले यौन संक्रमण र एचआईभी एड्स जस्ता रोगबाट बचाउंछ’–श्रेष्ठले भने–‘तर अझै पनि यसबारे जनचेतनाको अभाव र प्रयोग गर्न हिच्किचाउने अवस्था विद्यमान छ ।’

अन्तर्राष्ट्रिय कण्डम दिवस मनाउने र दिवसमा गरिने जनचेतनामूलक कार्यक्रमहरुले कण्डमको प्रयोगलाई व्यापक बनाउन सहयोग पुग्ने भएकाले बुटवलसहित देशका मुख्य शहरहरुमा युवा लक्षित कार्यक्रमहरु आयोजना गर्ने गरिएको श्रेष्ठले बताए ।

६५ प्रतिशत युवती र महिला तथा ८८ प्रतिशत युवा र पुरुषलाई कण्डमको प्रयोगले एचआईभी एड्स रोकथाम गर्छ भन्ने जानकारी भएको श्रेष्ठले बताए । तर १६ प्रतिशत युवती र महिला तथा २७ प्रतिशत युवा र पुरुषलाई मात्रै एचआईभी रोकथाम विधिबारे उचित ज्ञान भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

बुटवलमा सांगीतिक कन्सर्ट

एचआईभी एड्स र लागुपदार्थ प्रयोगविरुद्धको क्षेत्रमा काम गर्दै आएको संस्था आस्था समूह र प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कण्डमबारे जनचेतना फैलाउने उद्देश्यले अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा सांगीतिक कन्सर्ट हुने भएको छ ।

फेब्रुअरी १३ तारिख अर्थात मंगलबार दिउंसो बुटवलको ट्राफिकचोकमा नि:शुल्क हेर्न पाइने कन्सर्ट आयोजना गरिएको आस्था समूहका अध्यक्ष केशव पुनले जानकरी दिए ।

विशेषगरी युवा पुस्तालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको पुनको भनाई छ ।
कन्सर्टमा चर्चित आधुनिक गायक कालिप्रसाद बास्कोटाको प्रस्तुति मुख्य आकर्षण रहने तथा कण्डमबाट बनेका पहिरनमा तेस्रोलिंगीहरुको फेशन परेड अर्को आकर्षण रहने अध्यक्ष पुनले बताए । बास्कोटाका रेशम फिलिलि,लाउंला पिरती,साली मन पर्‍यो,निर लगायत गीतहरु युवा पुस्तामाझ लोकप्रिय छन् ।

यस्तै कन्सर्टमा स्थानीय कलाकारहरुको रेडियो एक्टिभ ब्याण्डको लाइभ प्रस्तुति पनि रहने तथा कण्डमको जनचेतनामुलक स्टलहरु पनि रहने एएचएफ नेपालका कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिए । यस्तै निःशुल्क र गोप्य रुपमा एचआईभी परिक्षण तथा निःशुल्क कण्डम वितरण गरिने भट्टराईले बताए ।

संसारभरि यौन संक्रमण फैलिरहेको सन्दर्भमा आफु र आफ्नो यौन साथीलाई जोगाउनु अझ महत्वपुर्ण हुने भएकाले एएचएफले विश्वब्यापीरुपमा प्रणय दिवसको अवसर पारेर सन् २००९ देखि युवाहरुलाई लक्षित गरी बिबिध कार्यक्रम गरि कण्डम दिवस प्रत्येक बर्ष मनाउदै आएको ए.एच.एफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्यराज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?