© २०२३
बुटवल, २८ माघ । प्रदेश ५ शेयर लगानीकर्ता फोरमले आफनो वार्षिकोत्सव रचनात्मक कार्य गरि मनाएको छ । अघिल्ला वर्षमा जसरी नै यो वर्ष नयाँ गाउस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा खाद्यान्न सामाग्री तथा लत्ताकपडा सहयोग गरेको हो ।
एक कार्यक्रममा बिच आश्रमका लिलाराम रोकामगर, मिरा कुमारी खड्कालाई फोरमका अध्यक्ष कमल तिवारी, केन्द्रीय सचिब योगेन्द्र पन्थी, केन्द्रीय कोषाध्यक्ष दिनेश गैरे, सदस्यहरू मुकुंन्द भट्टराई, प्रकाश भण्डारीले सहयोग सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष कमल तिवारीले आफुहरु शेयर बजार विकास र विस्तारसंगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान दिदै आएको बताए । हाल क्यानाडामा रहेका फोरमका उपाध्यक्ष गोपिराज भुसाल र पोर्चुगलमा रहेका सल्लाहकार राजेन्द्र पाण्डेबाट कार्यक्रमलाई सहयोग जुटेको उनले बताए । लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमले बेसहारालाई साहारा दिने, गास, बास कपासको व्यवस्था र शिक्षा सिप मुलुक तालिमको पनि व्यवस्था गर्दै आएको छ ।