© 2026
काठमाडौं,२८ माघ । लुम्बिनी विकास कोषले रामग्राम स्तुप क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार सिंहदरबारस्थित लेखा समितिको हलमा बसेको बैठकले पश्चिम नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया खारेज गर्न निर्देशन दिएको हो ।
साथै सो निर्णय प्रक्रियामा संलग्नमाथि अनुसन्धान गर्नपनि सरकारलाई निर्देशन दिइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । गौतम बुद्धको अस्थिधातु राखिएका प्रमुख स्थानमध्ये एक रहेको रामग्राम विकासको जिम्मा प्रधानमन्त्री प्रचण्ड निकट (पुर्व घरबेटी) ठेकेदार शारदाप्रसाद अधिकारीका छोराको कम्पनी प्रमिस्ड ल्यान्डलाई ९९ वर्षका लागि लिजमा दिन प्रक्रिया अघि बढाएपछि त्यसको विरोध भएको थियो ।स्थानीय सरोकारवाला संघसंस्थाले उक्त निर्णय बदर गर्न माग गर्दै आन्दोलन समेत थालेका थिए ।