© २०२३
सल्यान, २७ माघ । जिल्लाकै आधुनिक बसपार्क निर्माण अगाडि बढाएको सल्यानको शारदा नगरपालिकाले उक्त कार्यलाई सम्पन्न गर्न तटबन्धको पनि थालनी गरेको छ । आधुनिक वसपार्क निर्माण अन्तरगत भगवतीखोलामा तटबन्ध निर्माणको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
८० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको तटबन्धको शिलान्यास गर्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले आधुनिक बसपार्क निर्माणका लागि खोलाको किनारा दुबै तर्फ तटबन्धको काम हुने बताए ।
बसपार्कका अन्य संरचनालाई संरक्षण गर्नका लागि तटबन्ध निर्माणको काम सुरु गरेको भण्डारीले बताए । बसपार्कमा ब्यापारीक मल, टिकट काउण्टर, अत्याधुनिक सार्वजनिक शौचालय, सटर, गेट, प्रतिक्षालय लगायतका संरचना बनाउनका लागि टेण्डर प्रक्रिया अगाडी बढिसकेको उनले बताए ।