© २०२३
बुटवल,२७ माघ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ सरकार बनेको एक वर्षसम्म पनि कुनै काम हुन नसकेको बताएका हुन् ।
‘जोगी त धेरै आए, तर सबैका कान चिरेकै रहेछन् । त्यसो हुनाले यो देशमा अर्को ठुलो आमूल परिवर्तन आवश्यक छ’– उनले भने–‘यो सरकारसँग मान्छेले आस गर्न छोडेका छन् । सरकारले जनतामा आसा जगाउन सकेन ।’ गठबन्धन सरकार मौसमको उपज भएको उनको तर्क छ । यो गठबन्धन सरकारबाट कुनै अपेक्षा गर्न नसकिएकाले अब कोर्स परिवर्तन गरेर जानुपर्ने खनालको भनाई छ ।