ट्रेंडिंग:

>> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

महिला फुटबलमा ‘शून्य खेलाडी’

स्थानीय पालिका, प्रदेशका खेलकुद विकास परिषद्, जिल्ला खेलकुद विकास परिषद् लगायतका जिल्लामा सरकारी संस्थाहरू रहेपनि महिला फुटबल खेलाडी (छात्रा) उत्पादन तर्फ भने कुनै पनि चासो देखाउन सकेका छैनन । जसको कारण विगत ८ बर्षदेखि रूपन्देही महिला फुटबल खेलाडीमा ‘शुन्य जस्तै’ रहेको छ ।
२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल, २७ माघ । कुनै समय थियो रूपन्देहीबाट मात्रै महिला राष्ट्रिय फुटबल टिममा ४ देखि ५ जना महिलाहरू सहभागी हुन्थे । जसमा भगवती थापा, कमला हिराचन, विनु रोकाय, मधु थापा, ईन्द्र राना, किरण बज्राचार्य लगायतका महिला खेलाडीहरू राष्ट्रिय टिममा परेर खेलेको ईतिहास छ । कुनै खेलाडीहरूत देशकै प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियस्तरको समेत प्रतियोगीता खेलेका छन् । तर रूपन्देही जिल्ला सहित पाल्पा, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूमा विगत ८ बर्ष यता कुनै पनि महिला फुटवल खेलाडीहरू छैनन । प्रदेशस्तरिय महिला

फुटवल टिमको लागि अन्तर २० तथा सिनियर टिममा कुनै पनि महिला छनौटका लागि समेत सहभागी हुन नसकेका हुन । स्थानीय पालिका, प्रदेशका खेलकुद विकास परिषद्, जिल्ला खेलकुद विकास परिषद् लगायतका जिल्लामा सरकारी संस्थाहरू रहेपनि महिला फुटबल खेलाडी (छात्रा) उत्पादनतर्फ भने कुनै पनि चासो देखाउन सकेका छैनन । जसको कारण विगत ८ बर्षदेखि रूपन्देही महिला फुटवल खेलाडीमा ‘शुन्य जस्तै’ रहेको छ ।

राष्ट्रिय अन्डर २० फुटवल प्रतियोगीताका प्रशिक्षक यम बहादुर गुरुङ्गका अनुसार प्रदेशस्तरिय खेलाडी छनौटको लागि रूपन्देही, पाल्पा, नवपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट यो भन्दा पहिला १ जना पनि खेलाडी छनौटको लागि जान नसकेको बताउँछन् । कुनै समयमा रूपन्देहीबाट मात्रै महिला फुटबल टिममा ४, ५ जना भन्दा बढि पर्नेमा अहिले भने शुन्य भएको उनको भनाई छ । उनी भन्छन्–‘खेलाडीहरू खोज्दा समेत पाउँदैन, ८ बर्ष भन्दा बढि भयो, अहिले टिम कुनै पनि छैन ।’

रूपन्देहीमा महिला फुटबल खेलाडीको टिम नै छैन भने अर्को तर्फ विद्यालयस्तरमा पनि एक जना पनि समुह तयार हुन सकेको छैन । बुटवल उपमहानरपालिकाले बिहीबार बाट विद्यालय स्तरिय छात्र फुटवल प्रतियोगिता आयोजना गर्दै गर्दा छात्रा टिम समेत एउटा पनि तयार हुन सकेन । बुटवल उपमहानरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाका अनुसार विद्यालय स्तरिय फुटबल प्रतियोगिताको लागि बुटवलका विद्यालयहरूबाट कुनै पनि महिला टिम तयार नभएको बताउँछन् । उनले जसको कारण छात्र (पुरुष) फुटवल प्रतियोगीता मात्रै आयोजना गर्न आफूहरू बाध्य भएको उनको भनाइ छ । बुटवल उपमहानगरपालिका भित्र मात्रै नभएर रूपन्देही जिल्लाभरीमा नै विद्यालय स्तरमा छात्रा फुटवल खेलाडीहरूको टिम नै नभएको कारण समस्या रहेको उनको भनाइ रहेको छ ।
लुम्बिनीको प्रदेश कुरा गर्दा महिला फुटबल टिम राम्रो रहेको बर्दिया जिल्ला रहेको छ । जसमा अहिले पनि महिला टिम रहेको छ । यसको अलवा दाङ जिल्लाका केही खेलाडीहरू रहेका छन् भने अन्य जिल्लाहरूमा प्रायः महिला फुटवल शुन्य जस्तै खेलाडीहरू छन् ।
राष्ट्रिपति रनिङ सिल्डमा समेत समेटिदैन फुटबल

जिल्ला फुटवल संघ रूपन्देहीका अध्यक्ष लोक पुनका अनुसार स्थानीयस्तरमा, जिल्ला स्तरमा र प्रदेश स्तरमा आयोजान हुने राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगीतामा फुटबललाई हेला गरिएको बताउँछन् । उनले महिला फुटवल प्रतियोगीतालाई विद्यालय स्तरबाट नै अगाडि बढाउनको लागि पुरुष र महिला फुटवल टिमको अनिवार्य सहभागिता गर्ने गरी व्यवस्था सरकारी निकाय बाट हुन सकेमा विद्यालय स्तरबाट नै महिला फुटबल खेलाडीहरू उत्पादन हुन सक्ने उनको तर्क रहेको छ ।

केन्द्रबाट नै राष्ट्रपति रनिङ्ग सिल्डमा फुटवल खेल समावेश गरिएको छैन । उनी भन्छन्–‘महिला फुटबल को लागि क्रेज रहेपनि उनीहरूको लागि तालिम, ग्रास रुटमा नहुनु, नियमित प्रतियोगीतामा महिला फुटवल प्रतियोगीता सहभागी नै नहुनु, सहभागी भएपनि विभागीय टोली संग प्रतिष्पर्धा नै गर्न नसक्ने भएको कारण पनि महिला फुटवलमा नैरस्यता छाएको छ ।’

३२ जनामा एक्लो छात्रा

अहिले सरकारी स्तरबाट स्थापना भएको एन्फा एकेडमी बुटवल देविनगरमा नियमित रूपमा फुटवलको प्रशिक्षण हुदै आएको छ । जसमा ३२ जना विद्यार्थीहरूले फुटबल सिक्दै आएका छन् । जसमा एक जना मात्रै छात्रा रहेका छन् । एक जना छात्रा बाट १२ जनाको समूह, टिम बनाउनको लागि समस्या रहेको जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन बताउँछन् ।

सरकारी निकायबाट जिल्लामा स्थापना भएको जिल्ला खेलकुद विकास समिति समेत छ । जसबाट नियमित तलब भत्ता खानेगरी प्रशिक्षकहरू समेत नियुक्ती छन् । तर महिला फुटबल टिम निर्माणमा भने खेलकुद विकास समिति पनि उदासीन देखिएको पाइएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि क्षेत्री अहिले विदेश छन् ।

जिल्ला खेलकुद विकास समिति रूपन्देहीका सचिव राजेन्द्र श्रेष्ठका अनुसार यो विषयमा महिला फुटवल खेलाडी तयार गर्ने, प्रतियोगिता गर्ने विषयमा कुनै पनि ठोस निर्णय भएको छैन । उनी भन्छन्–‘यो विषयमा प्रतियोगीता नै नभएर हो, जिल्ला फुटवल संघले पनि गर्न सक्ने हो, प्रदेशले पनि गर्न सक्ने हो, तर यसमा समंन्वय नै भएको छैन । ’

प्रदेशस्तरिय तयार गर्छाैंः

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले केन्द्रबाट नै महिला फुटवल खेलाडीहरूको ठोस व्यवस्था नभएको कारण समस्या भएको बताउँछन् । उनले विगत लामो समयदेखि एन्फा विवादमा हुनु, रहेका एकेडेमीहरू पनि बन्द हुनु र महिलाको लागि छुट्टै एकेडमी स्थापना हुन नसक्नुको कारण महिला फुटवल धरासायी हँुदै गएको बताए । तर प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरिय महिला फुटबल टिम तयार गर्नको लागि भने तयारी गरिरहेको उनको भनाइ रहेको छ ।

राष्ट्रपति रनिङ्गसिल्डमा केन्द्रदेखि नै फुटबल खेल नै समाबेस नहुनु, विद्यालयस्तरमा, स्थानीय स्तरमा महिला फुटबल प्रतियोगिता, टुनामेन्ट समेत आयोजना नहुने भएको कारण फुटबल खेल्ने ईच्छाशक्ति, जोस, जाँगर भएका छात्राहरू पनि यत्तीकै थन्कीएर बस्नुपरेको तितो यथार्थता रहेको उनको भनाइ छ । उनी भन्छन्–‘महिला फुटवल टिम तयारको लागि विद्यालय स्तरबाट नै सुरुवात हुन आवश्यक छ, हामीले प्रदेश खेलकुद परिषदले के कहाँ सहयोग गर्ने हो, गर्न तयार छौ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?