© 2026
बुटवल, २६ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन्।
शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै रास्वपाले इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको आरोप लगाए ।
उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए। उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काम गरिरहेको टिप्पणी गरे।