© २०२३
बुटवल, २५ माघ । बुटवलका समाजसेवी स्वर्गिय खेमराज पुनको दोश्रो बार्षिकीको अवसरमा स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । ब्यापार ब्यवसायसंगै समाजसेवामा अग्रसर रहेका खेमराजको योगदानलाई स्मरण हुने गरि स्मृति ग्रन्थ तयार पारिएको हो । एक समारोहका बिच लुम्बिनी प्रदेश सभाका प्रदेशसदस्य तथा पुर्ब स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले स्वर्गिय पुनको योगदानबारे सम्झना गर्दै समाजसेवा भावनाका कारण नै पुन समाजमा सबैको मनमा रहने बताए । मनकारी स्व. पुनबाट समाजमा धेरै असहायहरु र जेहेन्दार विद्यार्थीहरुले सहयोग पाएको भन्दै उनले उनको कामलाई अब संस्थागत रुपमा अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले मानिसहरुको कर्मका कारण नै मृत्युपछि पनि स्मरणीय हुने बताईन । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरीदेबी चौधरीले मानिस जीबन एकपटक जिउने र संसार देख्ने भएपनि सहयागमार्फत अरुलाई संसार देखाउने मानब सदा अजम्बरी हुने बताईन ।
लोकार्पण कार्यक्रममा प्राध्यापक आरसी आचार्य, कालिका मानव ज्ञान क्याम्पसका प्राचार्य घनश्याम पाठक, डा नारायण पन्थ, श्रृगेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, जेष्ठ नागरीक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले सामाजिक सेवामा लाग्न र सेवा गर्नका लागी खेम पुन प्रेरणाको श्रोत भएको बताए ।
परिवारमा स्व पुनका धर्म पत्नी ओमीकला गाहा पुनले सोही बाटोलाई पच्छयाउदै छोरी शिक्षा कार्यक्रम लगायत बिभिन्न सामाजिक काम गर्दे आएको बताइन । स्मृती ग्रन्थको सम्पादन कबि गिरी श्रीस मगरले गरेको प्रतिष्ठानका सचिब युवराज घिमीरले बताए ।