© २०२३
बुटवल, २४ माघ ।
२८६० औ सोनाम ल्होसारको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल तामाङ घेदुङ रुपन्देही समन्वय समितिको आयोजनामा नेपाल रेडक्रम सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमको केन्द्रीय सदस्य वीर बहादुर घिसिङले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गर्दै भाषा, संस्कृतिको संरक्षणसंगै सामाजिक उत्तरदायित्वमा आफुहरु सधै अग्रसर रहँदै आएको बताए । वर्षभरि नै युवाहरुको अगुवाईमा रक्तदान कार्यक्रमसहित विभिन्न रचनात्मक कार्यलाई जोड दिदै आएको उनले बताए ।
सप्ताहब्यापी कार्यक्रम अन्तर्गत २५,२६ र २७ गते घरघरमा दिप प्रज्वलन, २७ गते दिपनगर तामाङ कुलपुजा बुद्घगुम्बामा शुभकामना कार्यक्रम गरिने घेदुङका अध्यक्ष राजेश लामाले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य विर बहादुर घिसिङले सोनाम ल्होसार विश्वका धेरै देशमा मनाईने चाड भएको दाबी गरे । पंचपात्र मन्जुश्री आधारमा मनाईने यो पर्वको आफ्नै महत्व रहको उनले बताए । वर्षदिनमा एकैठाउँमा परिवार, आफन्त भेटघाट भएर मिठामिठा खाना खाने र रमाईलो पर्व भएको उनले बताए ।
कार्यक्रममा ३० युनिट रगत संकलन भएको संयोजक राजु लामाले बताए । रुपन्देहीमा २५० घरधुरीमा ३ हजार जति जनसंख्या रहेको छ ।