© २०२३
काठमाडौं, २३ माघ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । टेक ब्लगर्स तथा पत्रकारहरूको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो + फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।यी तीनै मोडेलहरूमा ग्राहकहरूले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् । रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
लन्चको अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने–,“ग्राहकहरूलाइ अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्धेश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । शाओमीको प्रतिबद्धता सरल छः हामी हाम्रा सबै ग्राहकहरूलाई उच्च–गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौँ । ’’
नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभजी, नोट १३ प्रो र नोट १३ गरी तीन मोडेल बजारमा आएका छन् । कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो प्लस फाइभजी दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । जसमा ८ जीबी रयाम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रूपैयाँ तोकिएको छ । त्यसैगरी १२ जीबी रयाम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रूपैयाँ रहेको छ ।
नेपाली बजारमा यो मोडेलको फोन विभिन्न तीन कलरमा (मुनलाइट ब्ल्याक, मुनलाइट ह्वाइट र अरोरा पर्पल (ब्गचयचब) मा पाउन सकिन्छ ।
कम्पनीले यो मोडेलमा पहिलो पटक कर्भ्ड डिस्प्ले र इन–डिस्प्ले समावेश गरेको छ । रेड्मी नोट १३ सिरिजका सबै मोडेलमा इन–डिस्प्ले फिङ्गरप्रिन्टको सुविधा पाउन सकिन्छ । यो मोडेल मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेटबाट सञ्चालित छ भने एन्ड्रोइड १३ तथा मि–यूआई १४ मा आधारित छ । यो मोडेलमा २०० मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर राखिएको छ । सेल्फी पारखीका लागि भने यसमा १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।