© २०२३
काठमाडौं,२० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्ट्राचारको तानाबाना बुनेको आरोप लगाएका छन् । शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले
लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै आपत्ति जनाएका छन् । उनले व्यक्तिगत समृद्धिका लागि यसको योजना बनाएका दाबी गरे ।
रामग्राम विश्व सम्पदा सूचीमा पर्नुपर्ने ठाउँ रहेको, त्यहाँका एउटा इँटाको महत्त्व रहेको बताउँदै यूनेस्कोको सहमतिबिना त्यहाँ केही गर्न नपाइने बताए ।
उनले पुरातत्त्व विभागका कर्मचारीलाई जागिर खाने काम मात्र नगरी पुरातात्त्विक महत्वका सामग्रीको रक्षा गर्न आग्रह गरे । रामग्राम विश्व सम्पदा सूचीमा पर्ने कुरा भएको बताउँदै उनले यसमा अरबौँको परियोजनामा पैसा कसको लगानी हुने भन्ने प्रश्न गर्दै आफूले ताइवानी पैसा लगानी हुने सुनेको बताउँदै ठुलो भ्रष्ट्राचार तानाबाना बुनिएको दाबी गरे ।