© २०२३
दाङ,१८ माघ । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको सत्ता गठबन्धन २०८४ सालको चुनावसम्म कायम रहने बताएका छन् ।
बुधबार नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा गरेको कार्यक्रममा नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरस कार्यान्वनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए ।
उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने सहमति भएको बताए ।
पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै २०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो भन्दै उनले सत्ता साझेदारबीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारपूर्वक लाग्नुपर्ने बताए ।