© २०२३
भैरहवा, १७ माघ । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देही जिल्लाको बेलहिया नाकामा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आईसीपी क्षेत्रको निरीक्षण गरेछन् ।
बुधबार बिहान निरीक्षण गदै पूर्व उपप्रधानमन्त्री पौडेलले आईसीपी छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताए । उनले यो आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताए। दुई देशका बीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको
रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताउनुभयो। ‘छिटो काम सुरु गर्नका निम्ति हामीले पनि इनिशियसन लिएका थियौं, ’उहांले भन्नुभयो।
एमालेका उपाध्यक्ष समेत रहेका नेता पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताए। उनले आईसीपीको प्रयोग विभिन्न ठाउँमा हुन लागेको बताए। आईसीपी निर्माणले भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई पनि सहज हुने पौडेलको भनाइ थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले परियोजना व्यवस्थापनले दिएको जानकारी अनुसार यो परियोजना निर्माण कार्य सन्तोषजनक अवस्था रहेको बताए। प्रजिअ अर्यालका अनुसार करिब ३० प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको छ ।
सुरुमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने समस्या आफूहरुसँग आएको र स्थानीय पालिकाहरुसँग छलफल तथा संवाद गरिएको बताए।