© २०२३
अर्घाखाँची, १६ माघ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देशका सबै अंगहरु फेल हुने क्रममा अगाडी बढेको बताएका छन् । उनले देशको राष्टियतामा सरकारबाटै असर पार्ने काम भएको आरोप समेत लगाए ।
गठबन्धन सरकारलाई सत्ता टिकाउँने ध्यान मात्रै भएको र राष्ट्र हितका लागी पराष्ट्र नितिलाई ध्यान नदिई शक्तीकेन्द्र देशसँग अनावश्यक रुपमा हिमचिम बढाएको आरोप लगाए ।
अर्घाखांचीमा आयोजित कार्यक्रममा ज्ञवालीले सहिदहरुले देखाएको सपना पुरा गर्न समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाउँने कुरामा कुनै कसर बाँकी नराख्ने बताए ।
नेकपा एमाले अर्घाखाँचीले सन्धिखर्कमा ३ दिनसम्म सञ्चालन गर्ने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाट गर्दै ज्ञवालीले एमालेबाट हरेक तहमा बन्ने उम्मेदवारले प्रमाणपत्र पेश गरेर मात्रै बन्ने गरी कार्ययोजना बनाउँने तयारी रहेको बताए ।
स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रधान भएको बताए । उनले भने,‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्वपूर्ण हो ।’
ज्ञवालीले एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएको बताए । ‘सातै प्रदेशका स्कुलहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालन गछौँ । विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने बताए । उनले वर्तमान गठबन्धनको हातमा सरकार गएको साढे २ वर्षयता देशका हरेक सुचकहरु नकारात्मक तथा जोखिमपुर्ण देखिएको टिप्पणी गरे ।
नेपालले भारतलाई १० हजार मेगावार्ट विद्युत विक्री गदैँ छ, त्यो राम्रो उर्जा व्यापार हुदाँ नकारात्मक हुनुपर्ने कारण छैन, तर भारतले विद्युत लैजादैँ गर्दा नेपालका जलस्रोत, नदिनालाहरु होल्ड गर्ने सर्तमा विजुली लगेको आरोप लगाएका छन् ।