ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

दुर्घटनामा मृतक देवकोटाको परिवारलाई एकलाख सहयोग

१५ माघ २०८०, सोमबार
१५ माघ २०८०, सोमबार

बुटवल,१५ माघ । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीका संस्थापक महासचिव स्वर्गीय माधवलाल देवकोटाको परिवारलाई तिलोत्तमा उद्योग वाणिज्य संघले राहत सहयोग प्रदान गरेको छ ।
२०८० साल मंसिर ४ गतेका दिन रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलमा भएको सवारी दुर्घटनामा परी संघका सल्लाहाकार समेत रहेका संस्थापक महासचिव स्वर्गीय देवकोटाको परिवारलाई संघले सहयोग स्वरुप रु. १ लाख १ हजारको चेक प्रदान गरेको हो ।
तिलोत्तमा उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रमका विच तिलोत्तमा बहुमुखी सहकारी संस्थाका अध्यक्ष, सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका संघका संस्थापक महासचिव स्वर्गीय देवकोटाको निवासमै पुगेर देवकोटाकी धर्म पत्नी बिमला शर्मालाई सहयोग स्वरुप १ लाख १ हजारको चेक हस्तान्तरण गरेको हो ।

देवकोटाकी धर्मपत्नी शर्मालाइ तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण र संघका अध्यक्ष गुणनिधी भन्डारी (माधव) लगायतले चेक हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै नगर प्रमुख खाणले स्वर्गीय देवकोटाले संस्था र ब्यवसायीको हितका लागि गरेको योगदानको कदर गर्दै यो सहयोग सामाजिक हिसावले अनुकरणिय र मानबिय हिसावले पुन्यको काम भएको बताए ।

संघका संस्थापक महासचिव स्वर्गीय देवकोटाले संघको स्थापनाकाल देखि हाल सम्म संस्थागत विकास तथा ब्यवसायीहरुको एकता, हकहितका साथै ब्यवसायको प्रवद्र्धनमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै परिवारको राहतका लागि संस्थाले नगद रकम सहयोग गरेको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी माधवले बताए।

स्वर्गीय देवकोटाले आफ्नो जीवनकालमा विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु भएपनि उहांको मृत्युपश्चात परिवार अभिभावक विहिन अवस्थामा पुगेको अवस्थालाई समेत मध्येनजर गरी वालवालिकाको शिक्षा तथा परिवारलाई केही सहयोग पुर्याउने उद्देश्यले संघले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नगद सहयोग प्रदान गरेको संघका उद्योग उपाध्यक्ष सूरज पंगेनीले बताए।

देवकोटाको तिलोत्तमा उद्योग वाणिज्य संघले गत मंसिर १ देखि मणिग्राममा आयोजना गरेको औद्योगिक ब्यापार मेलामा जाने क्रममा दुर्घटनामा परी निधन भएकोले संघले मेलाकै विचमा देवकोटाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे अनुरुप नै संघले नगद सहयोग गरेको वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताए ।

संघका सदस्य तथा उनका परिवारलाई परेको दुःखमा सघाउनु संघको कर्तब्य र दायित्व बोध गरेर संघले संघका संस्थापक महासचिव देवकोटाको परिवारलाई राहत स्वरुप नगद प्रदान गरिएको संघका कोषाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?