© २०२३
बुटवल,१४ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकको केन्द्रीय राजनीति कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरेका छन् ।
एसिडपीडितहरूको कथा समेटिएको नमेटिने घाउ चलचित्र घोषणा कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोशीमा कम मत भएपनि एमालेले जित्न सफल भएको बताए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले यो सरकार जुनसुकै बेला ढल्न सक्ने बताए ।
प्रचण्ड नेतृत्वको सरकारले सहिद थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए । सहिद थप्ने भनेको मान्छे मार्ने हो भन्दै त्यो स्वीकार्यनहुने बताए ।
उनले राजावादीहरूको आन्दोलनलाई केटाकेटीको खेलको संज्ञा दिँदै अब फर्किने सम्भावना रहेको बताए ।