© २०२३
बुटवल,११ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले राष्ट्रिय सभा सदस्यको निर्वाचनको मततदान वहिष्कार गरेका छन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर बालेन मतदान गर्न नजाने स्पष्ट पारे ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ । बालेन भने काठमाडौंमै छन् ।
उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् । राष्ट्रिय सभामा देशलाई विशिष्ट योगदान गरेका र सम्बन्धित क्षेत्रका विज्ञ, स्वच्छ छविका व्यक्ति जानुपर्नेमा दलहरुबीच भागबण्डा गरेर चुनाव हारेका नेताहरुलाई समेत उम्मेदवार बनाएपछि राष्ट्रियसभाको औचित्यमाथि नै जनस्तर र बौद्धिक जगतबाट प्रश्न उठेको छ । यसैगरी लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाल पार्टीका २ प्रदेश सांसदले पनि वागमतिमा भएको चुनाव वहिष्कार गरेका छन् ।