© २०२३
काठमाडौं,९ माघ । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ ।
राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने व्यवस्था गरिएको नयाँ कार्यविधि बुधबारदेखि लागू हुनेछ । यसअघिको १७ बुँदे कार्यविधि अव्यवहारिक भएको चौतर्फी आलोचनापछि गृहसचिव दिनेश भट्टराईले ६ बुँदे नयाँ कार्यविधि जारी गरेका हुन् ।
नयाँ कार्यविधिले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने अपेक्षा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालका अनुसार भिजिट भिसामा विदेश जाने उतै हराउने प्रवृत्तिलाई रोक्न यसअघि सचिवस्तरको निर्णयबाट १७ बुँदे कार्यविधि जारी भएको थियो । तर, उक्त कार्यविधिले दलाललाई चलखेल गर्न मलजल पुर्याएका र जसले गर्दा विमानस्थलको प्रणालीमा नै प्रश्न चिन्ह खडा गरेको हमालको भनाई छ ।