© २०२३
काठमाडौं,९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई जनताका ७ सय ५१ माग बुझाएको छ। एमालेले मंसिर १३देखि पुस २ सम्म चलाएको झुलाघाट–चिवाभन्ज्याङ
समृद्धिका लागि संकल्प यात्रा अभियानमा जनताबाट प्राप्त मागलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर बुझाएको हो । एमाले नेताहरूले जनस्तरबाट आएका ७ सय ५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उपमहासचिव ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ जिल्लाबाट ७ सय ५१ वटा मागहरू प्राप्त भएका थिए। गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए
यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेसबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनको भनाइ छ।
प्रधानमन्त्रीले प्राप्त मागहरू दराजमा नथन्काएर कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए ।
कार्यान्वयनका सवालमा अनुगमन गर्ने र सरकारलाई खबरदारी गर्ने उनले बताए । कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।