© २०२३
भैरहवा, ८ माघ । सिद्धार्थनगर नगरपालिकाकामा सार्वजनिक विदा दिने नगर प्रमुख इस्तियाक अहमद खांको निर्णय अस्वीकृत भएको छ । नगर प्रमुख खांले माघ ७ गते सांझ आफ्नो हस्ताक्षरमा एक सूचना जारी गर्दै भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन (आज) माघ ८ गते नगरभित्र सार्वजनिक विदा दिने निर्णय भएको सार्वजनिक गरेका थिए । तर आज ८ गते नगरपालिकाको कार्यालय खुला नै रहेको पाइएको छ । नगरपालिकाको कार्यालय खुला नै रहेको र कामकाज पुर्ववत भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले बताए ।
सिद्धार्थ नगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारीले पनि नगरपालिका कार्यालय खुला रहेको बताइन ।
कोही कसैसंग सल्लाह नगरी कसरी विदाको सूचना कसरी बाहिरियो आफूहरुलाई थाहा नभएको उनले बताइन् । नगर प्रमुखले विदाको सूचना सार्वजनिक गरेको अवस्थामा कार्यालय खुल्ला हुंदा सेवाग्राहीहरु अलमलमा परेका छन् ।