© २०२३
काठमाडौं,८ माघ । पशुपति क्षेत्र विकास कोषमा नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । माओवादी नेतृ पुनलाई गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।