© २०२३
बुटवल,८ माघ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका दुई मोटरसाइकल एक आपसमा जुध्दा एक भारतीय सहित दुई जनाको मृत्यु भएको छ । महिलवार–पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ कपिलवस्तुको शुद्धोधन गाउंपालिका ५ हथिहवाका ४५ वर्षिय का शिवशंकर यादव सवार लु ५८ प २७२८ नम्बरको र भारत उत्तरप्रदेश नौगढका ३० वर्षिय जयप्रकाश गुप्ता सवार युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते दुबैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । दुबैको शब पोस्टमार्टमको लागि भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
बाक्लो हुस्सु लागेर मौसम धुमिल हुंदा सडकको अवस्था स्पष्ट नदेखिन सक्ने भएकाले सवारी साधन चलाउंदा सडकमा ध्यान दिन र धेरै तीब्र गतिमा नचलाउन प्रहरीले अनुरोध गरेको छ । दुर्घटना भएको ठाउंमा कल्भर्ट बनाउन सडकलाई वान वे बनाइएको थियो ।