ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

शिक्षकलाई सांसद घिमिरेको सुझाव : विद्यार्थीलाई छोरा–छोरी ठानेर पढाउनुस्

७ माघ २०८०, आईतवार
७ माघ २०८०, आईतवार

बुटवल,७ माघ । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शिक्षक– शिक्षिकाले विद्यार्थीलाई आफ्नै छोरा छोरी जस्तै ठानेर पढाउनुपर्ने सुझाव दिएका छन् ।
तिलोत्तमा ४ स्थित जनज्योति माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विशेषगरी सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाले विद्यार्थीलाई पाठ्यक्रम र अन्य ज्ञान दिने विषयमा कन्जुस्याई गरेको जनगुनासो रहेकाले आफ्नै छोरा छोरी सम्झेर आफूमा भएको ज्ञान पूर्णरुपमा विद्यार्थीलाई दिनु आग्रह गरे ।

‘जसरी आमा बुबाले आफ्ना सन्तानलाई माया गर्छन्, संस्कारी, ज्ञानी र अनुशासित होस् भन्ने कुरामा सम्पूर्ण ध्यान दिन्छन् त्यसरी नै सामुदायिक विद्यालयका विद्यार्थीलाई शिक्षक शिक्षिकाले आफ्नै छोरा छोरी सम्झेर पढाउने हो भने विद्यार्थीको शैक्षिक स्तर र अन्य ज्ञानमा अब्बल हुन्छन्’–सांसद घिमिरेले भने–‘सामुदायिक विद्यालयका शिक्षक शिक्षिकामा राज्यको ठूलो वजेट लगानी भएकाले शिक्षक शिक्षिकाले इमान्दार भएर पठनपाठनमा ध्यान दिनुपर्छ, कत्तिपनि हेलचेक्राई गर्न हुंदैन ।’

सांसद घिमिरेले मार्कसिटमा उत्कृष्ट अंक ल्याएर मात्र विद्यार्थी पूर्ण नहुने भएकाले अनुशासन, व्यवहारिक ज्ञान र संस्कारमा पनि विद्यालयले जोड दिनुपर्ने सुझाव दिए ।
उनले जनज्योति मावि भौतिक पुर्वाधारले सम्पन्न भइसकेकाले अब शैक्षिक नतिजा र गुणस्तरमा पनि अब्बल हुनुपर्ने सुझाव दिए । पछिल्लो समय विद्यार्थी र युवामा नेपालमा केही अवसर र सम्भावना छैन भनेर विदेश नै ताक्ने गलत परिपाटी ह्वात्तै बढेकाले यसलाई विद्यालय तहबाटै नियन्त्रको प्रयास गरेर स्वदेशमै अवसर र सम्भावना खोज्न सांसद घिमिरेले आग्रह गरे ।

रुपन्देहीको शिक्षा र अन्य विकास लगायत विषयमा रुपन्देहीका संघीय सांसदहरुबीच निरन्तर छलफल भइरहेकाले त्यसले पनि सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिमा टेवा पुग्ने उनले बताए ।
कार्यक्रममा प्रदेश सांसद भगवती घिमिरे,तिलोत्तमाकी उपमेयर जगेश्वरदेवी चौधरी,समाजसेवी मनोरमा शेरचन,माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर ढकाल,पुर्र्व अध्यक्ष मानकाजी श्रेष्ठ,अनुशासन संयोजक देवप्रसाद गुरुङ, दिनेश थापा लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक बाबुराम आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल करिब ११ सय विद्यार्थी अध्ययनरत रहेको र विद्यालयले शैक्षिक नतिजासंगै खेलकुदमा पनि राम्रो नतिजा हासिल गरिरहेको बताए । अंग्रेजी माध्यममा पनि पढाई शुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको उनले बताए ।
वार्षिकोत्सवका अवसरमा विविध खेलकुद,वौद्धिक, साहितयीक, निवन्ध लेखन प्रतियोगिता र खाना महोत्सव आयोजना गरिएको विद्यालयका प्लस टु संयोजक पिताम्बर पराजुलीले बताए । समापन समारोहमा विद्यालयमा दाताहरुले स्थापना गरेका ३५ वटा अक्षयकोषबाट ३५ जना छात्र छात्रालाई नगद छात्रवृत्ति प्रदान गरिएको पराजुलीले जानकारी दिए । यस्तै विद्यालयको नवनिर्मित भवन पनि उद्घाटन,शिक्षकहरुलाई सम्मान गरिएको थियो । कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषय पढाई भइरहेकामा निकट भविष्यमा विज्ञान विषय पनि थप गर्ने तयारी रहेको प्लस टु संयोजक पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?