ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

उद्योग ब्यापार संघका निर्णय : भवन निर्माण,आर्थिक पत्रकारिता पुरस्कारदेखि कृषिमा सामूहिक लगानीसम्म

७ माघ २०८०, आईतवार
७ माघ २०८०, आईतवार

बुटवल,७ माघ ।    उद्योग ब्यापार संघ बुटवलले कार्ययोजना तथा कार्यशाला वैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

पाल्पाको शितल फार्ममा दुई दिनसम्म चलेको वैठकमा संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघको सचिवालय भवन निर्माण, २०८२ मा बुटवल मण्डपमा पांचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना, सदस्यता बृद्धि, आजीवन सदस्यता वितरण, आर्थिक पत्रकारिता पुरस्कार वितरण,वस्तुगत समिति गठनदेखि कृषिमा सामूहिक लगानी लगायत योजनाहरु प्रस्ताव गरेका थिए ।

अध्यक्ष पाण्डेले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरु कार्यसमिति र सल्लाहकारसमेतले सुझावसहित सर्वसम्मतले पारित भएको हो । कार्यशाला वैठकले बुटवल ११ देवीनगरमा शिलान्याश भएको संघको सचिवालय भवन निर्माण गर्न निवर्तमान अध्यक्ष गोविन्दराज गैरेको संयोजकत्वमा निर्माण समिति बनाएको छ ।

जसको सहसंयोजक संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे र सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसी,महासचिव यमलाल मरासिनी,कोषाधयक्ष नम्रता थापा र कार्यसमिति सदस्य दिलिप शर्मा रहेका छन् । भवन निर्माणको अनुगमन संयोजकमा संस्थापक अध्यक्ष खिमनारायण पराजुली तथा सदस्यमा सल्लाहकार ज्योति भण्डारी, कानूनी सल्लाहकार दामोदर घिमिरे रहेका छन् भने लेखा समितिमा कोशलराज भण्डारी संयोजक तथा अर्जुन गिरी र विजय आचार्य सदस्य रहेका छन् ।

कार्यशाला वैठकमा संस्थापक अध्यक्ष एवं नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले प्रशिक्षण सहित मन्तव्य राख्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरणको एजेण्डाका कारण अन्य व्यवसायिक संस्था भन्दा संघको पहिचान फरक रहेको स्पष्ट पारे । उनले नेपालको अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशामा रहेकाले निराश नभई काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । अर्थतन्त्रमा देखिएका बैंक ब्याजदर, असन्तुलित ढंगले सीमित ठूला घरानामा प्रवाह भइरहेको कर्जाको ठूलो हिस्सालाई सन्तुलित बनाउन महासंघले केन्द्रमा सरकारसंग निरन्तर पहल र पैरवी गरेको र त्यसको नतिजा पनि आउने क्रममा रहेको बताए ।

सल्लाहकार ज्योति भण्डारीले सदस्यता बृद्धि गरेर दुई हजार पु¥याउन सुझाव दिंदै सचिवालय भवन निर्माण, आईएसओ प्रमाणपत्र लिने विषयलाई पनि प्राथमिकता दिन आग्रह गरे । उनले बुटवलका अन्य व्यवासायिक संस्था भन्दा उद्योग ब्यापार संघमा सबै विचार र आस्थाका व्यवसायी अटाउनसक्छन् र सबैको साझा संस्था हो भन्ने पहिचान स्थापित गर्न सके यसमा व्यवसायीको आकर्षण बढ्ने बताए ।

संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले हालै सम्पन्न अधिवेशनबाट निर्वाचित भएर आएपछि विगतमा जस्तै कार्ययोजना तथा कार्यशाला वैठकमार्फत नयां कार्यक्रम र योजनाहरु अघि सारिएको बताए । उनले उद्योगी व्यवसायीले भोग्नुपरेका कर,राजस्व, घर भाडा,व्यवसाय नवीकरण छुटेको लगायतका समस्या समाधानमा संघको क्रियाशीलता बढाउने, राजनीतिक दल,सरकारी र गैर सरकारी निकायसंगको समन्वय र सहकार्य विस्तार लगायतका कार्यक्रम र गतिविधि गरिने बताए ।
संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरेले संघको सचिवालय भवन २ वर्षभित्र पूरा गर्ने गरी आफूले काम अघि बढाउने बताए । दुई वर्षअघि विषम परिस्थितिमा आफ्नो नेतृत्वमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी ऐतिहासिकरुपमा सफल बनाए जस्तै २ करोड लागत अनुमान गरिएको दुई तले भवन निर्माण गर्ने लक्ष्य राखेको बताए ।

२७ हजार ५०० राशीको आर्थिक पत्रकारिता पुरस्कार

कार्यशाला वैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत २७ हजार ५०० नगद पुरस्कार राशी सहितको आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरेको संघका अध्यक्ष पाण्डेले बताए । विशेषगरी बुटवलको आर्थिक र व्यवसायिक गतिविधि,उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या , समाधानका उपाय, सम्बन्धित सरकारी निकायको दायित्व र भूमिका लगायत अर्थतन्त्रका वहुआमिक विषयमा खोजमूलक समाचार प्रकाशन प्रशारण गर्ने पत्रकारहरु मध्ये हरेक २ वर्षमा एक जनालाई नगद राशी सहित पुरस्कृत गरिने संघका उद्योग उपाध्यक्ष पदम जीसीले जानकारी दिए । पुरस्कार वितरणका लागि संघको सचिवालयले कार्यविधि बनाउने उनले बताए ।

कायर्यशाला वैठक अघि बसेको संघको तेस्रो वैठकमा संघमा मनोनित कार्यसमिति सदस्य माया पाण्डेलाई अध्यक्ष विष्णु पाण्डेले सपथ गराएका थिए भने कोषाध्यक्ष नम्रता थापाले आर्थिक आय व्यय प्रस्तुत गरेकी महासचिव यमलाल मरासिनीले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,वाणिज्य उपाध्यक्ष केशव श्रीस,महिला उपाध्यक्ष अन्जु पाण्डे,कार्यसमिति सदस्यहरु लगायतले विभिन्न सुझावहरु राख्दै कार्यशाला वैठकले पारित गरेका योजनाहरु अक्षरशः पालनामा सबैको भूमिका हुनुपर्नेमा संघका जोड दिएका कार्यक्रम संयोजक एवं उद्योग उपाध्यक्ष पदम जिसीले बताए ।

कार्यशालाले पारित गरेका अन्य योजना र कार्यक्रमहरुमा वस्तुगत समिति गठन, प्रविधि विस्तार,प्रशिक्षण तथा तालिम,बुटवलका बिभिन्न संघसस्थाहरु सँगको योजना सहित संयन्त्र बनाउने, भ्रमण तथा सम्वन्ध विस्तार,संघसंस्था र स्वदेशी उद्योगहरुको अध्ययन अवलोकन भ्रमण,बैदेशिक अवलोकन भ्रमण, सरकारी निकायसँग समन्वय तथा भेटघाट,उद्योगी व्यावसायीहरु सँग भेटघाट, बस्तुगत संस्थाहरुको समस्या पहिचान गरि सम्बन्धित संस्था र सरोकारवालाहरुसँग अन्तरक्रिया रहेका छन् ।

यस्तै औद्योगिक व्यवसायिक एवं सिप अभिबृद्धि तालिम संचालन,महिला उद्यमी उत्प्रेरणा तालिम,लेखा सम्वन्धि तालिम,कर प्रशिक्षण,डाइरेक्टरी तथा भित्तेपात्रो प्रकाशन,विभिन्न कारणबाट धरासायी भएका उद्योगी व्यवसायीहरुको उठान तथा सहयोगको लागि पहल, नेतृत्व विकास सम्वन्धि तालिम, राजश्व,आयकर,भन्सार निती,लेखा सम्वन्धि तालिम तथा प्रशिक्षण,सरकारी तथा गैरसरकारी निकायबाट सहयोग तथा अनुदानको लागि पहल,उपमहानगरपालिका द्धारा आयोजना हुने सिपविकास सम्वन्धि कार्यक्रममा सहकार्य , भन्सार दरमा एकरुपताका लागि डेलिगेसन, बृक्षारोपण तथा संरक्षण, रक्तदान, अनाथ अपाङ्ग बृद्धआश्रमहरुलाई सहयोग,प्राकृतिक दैवी प्रकोपमा परेकालाई सहयोग, कृषिमा संस्थागत सामुहिक लगानी,गैरसंस्थागत लगानी,  आजिवन सदस्यता र मानार्थ सदस्यता विस्तार योजना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?