© २०२३
बुटवल, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जागिर खाने नाममा जोखिमयुक्त देशमा नजान आग्रह गरेका छन् । युगाण्डाबाट तीन दिने भ्रमण सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जोखिमयुक्त देशहरुमा भर्ती नहुन मिडियाले जनचेतना फैलाउनुपर्ने बताए । उनले रुसी उप विदेशमन्त्रीसँग भेट गरेर नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको बताए ।
उनले जागिर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्ने पनि बताए । अहिले रुस र युक्रेन युद्धमा भस्एकाले नेपालले भन्ने वित्तिकै रुसले मानिहाल्ने अवस्था नभएको बताए ।
प्रचण्डले ताइवान चीनको अंग भएको विषयमा नेपाल सरकार प्रष्ट रहेको पनि बताएका छन् । एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेकाले ताइवान चीन भन्दा अलग हो भन्न नहुने उनले बताए ।
प्रधानमन्त्रीले संसदको अब बस्ने अधिवेशनबाट टिआरसी विधेयक टुंगो लाग्ने पनि दावी गरे ।