© २०२३
बुटवल,६ माघ । नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियालाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न अदालतले अन्तरिम आदेश दिएको छ । आफ्नो कार्यकाल बांकी रहंदै सरकारले मकबुल मियालाई कार्यवाहक अध्यक्ष तोकेपछि शमशेरले अदालतमा मुद्दा हालेका थिए । उनको मुद्दामा पाटन उच्च अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले माघ १० गतेसम्म शमशेरलाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न अन्तरिम आदेश दिएको हो । शमशेरको पक्षमा अधिवक्ताहरु धर्मराज रेग्मी र मन्दिरा अधिकारीले वहस गरेका थिए ।
अदालतले माघ १० गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशमा नेपाल हज समिति कार्यविधि २०७२ को दफा ३(२) क मा हज कमिटीको कार्यवाहक अध्यक्ष तोक्ने अधिकार अध्यक्षलाई भएको र अध्यक्षको कार्यकाल बांकी रहंदै मकबुल मियालाई कार्यवाहक अध्यक्ष तोकिएको विषयमा यही माघ १० गते दुबै पक्षलाई छलफलमा बोलाउन आदेश दिइएको छ ।