Butwal Today

सवा २ करोड नगदसहित ब्यापारी अग्रवाल पक्राउ

५ माघ २०८०, शुक्रबार
अ+
अ-

बुटवल,५ माघ । राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।
काठमाडौंको क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब सवा २ करोड नगदसहित उनलाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

उनलाई राजस्वको हिरासतमा राखिएको छ। अवैध कारोबारमा उनको टिम नै संलग्न रहेको र उनीसँगै अरु दुई जनालाई पनि नियन्त्रणमा लिइएको महानिर्देशक ढुंगानाले बताए।

अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो। बाहिर कपडा व्यापार देखाए पनि भित्रभित्रै सुन, हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ।

महानिर्देशक ढुंगानाका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ।

Photo : file