© २०२३
बुटवल,४ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिसन २०८४ भनेर कुर्न नसकिने अवस्था आउन सक्ने बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिंदै यो सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको आरोप लगाए ।
एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले एमालेविरोधीहरू एमालेसंगै एक्लै भिड्न नसक्ने बताए ।
उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहने पार्टी पंक्तिलाई निर्देशित गरे ।
देश बर्बाद हुन लाग्यो भने ८४ को चुनाव भनेर पर्खेर बसेर नहुने भन्दै उस्तै परे जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने बताए ।
एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको ओलीको भनाइ छ । उनले आफूहरू एक्लै लड्दा पनि ८० सीट ल्याएको उल्लेख गर्दै गठबन्धनका दलहरू एक्लाएक्लै लडे बेहाल हुने बताए ।