ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

रुपन्देहीका ५ नगरमा एडीबीको १३ अर्ब : कुन पालिकामा के के पुर्वाधार बन्दैछन् ?

४ माघ २०८०, बिहीबार
४ माघ २०८०, बिहीबार

बुटवल,४ माघ । एशियाली विकास बैंकले रुपन्देहीका ५ वटा नगरपालिकामा करिब १३ अर्ब रुपैयांको पुर्वाधार निर्माणका लागि सहुलियतपूर्ण ऋण अनुदान दिने भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंक एडिबीबीच सहरी जीवनयापन सुधार परियोजना (अर्बान रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट )  कार्यान्वयनका लागि रुपन्देहीका  ५ नगर सहित पोखरा उपमहानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाले सम्झौता गरेका हुन् ।

अर्थ मन्त्रालय र एडिबीबीच १६ करोड अमेरिकी डलर करिब रु २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर करिब रु ७० करोड बराबरको अनुदान सम्झौता भएको हो । यो ऋण र अनुदानका परियोजनानमा रुपन्देहीका ५ नगर सहित पोखरा उपमहानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका पनि परेका छन् ।

तर रुपन्देहीको बुटवल उपमहानगरपालिका भने यसमा परेन ।

रुपन्देहीको तिलोत्तमा, देवदह , लुम्बिनी सांस्कृतिक, सैनामैना र सिद्धार्थनगर नगरपालिकामा ऋण अनुदानको रकमले सडक लगायतका पुर्वाधार बन्ने छन् ।

तिलोत्तमा : 
तिलोत्तमामा चार ठूला आयोजनाका लागि ३ अर्ब २५ करोड रुपैया बराबरको सम्झौता भएको छ ।

तिलोत्तमामा वडा नं १७ मा पॅाच विगाह क्षेत्रफलमा बहुउद्धेश्यीय सुविधासम्पन्न र आधुनिक चिस्यान केन्द्र, पथ्थरडांडा— तिनाउ सडक, ड्राइभरटोल–शिवपूर सडक स्तरोन्नति र मधौलिया– बिहुली– बरौलिया डांडा हुदै चिस्यान केन्द्र पुग्ने सडक निर्माण आयोजनाका लागि एडिबीले सहुलियतपूर्ण ऋण र अनुदान दिने भएको हो । नगर प्रमुख रामकृष्ण खांणका अनुसार कूल बजेटको ७५ प्रतिशत नेपाल सरकारबाट अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट ब्यहोर्नुपर्ने छ ।

पांचवटै पालिकामा एडिबीसंग हस्ताक्षर भएका १३ अर्बका आयोजना सम्पन्न हुंदा रुपन्देहीको पुर्वाधार विकासले नर्या उचाई लिने र यसले पर्यटनका साथै आर्थिक विकासमा ठूलो योगदान पुग्ने खांणको भनाई छ । नगर प्रमुख  खांणका अनुसार एडिबीले लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने गरी पर्यटकीय स्थल आसपासका पालिकालाई प्राथमिकता दिएर ऋण अनुदान दिएको हो ।

लुम्बिनी सांस्कृतिक : 

लुम्बिनी सांस्कृतिक नगरपालिकामा करिब ३ अर्ब रुपैयां बराबरका पुर्वाधार बनाउन सम्झौता भएको छ । जसमा वडा नं ३ पडेरियामा नगरपालिकाको प्रशासनिक भवन र सडक,वडा नंं १० मधुवनी महिलबारमा विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन सहित सौर्य उर्जा जडित आधुनिक बसपार्क, वडा नं १३ मा कक्रहवा नाका नजिक कालिदहमा पर्यटकीय पार्क ९ग्लोबल पार्क०, महिलबार–झुलनिपुर ६० फिटको ४ किलोमिटर सडक,मोगलाहा–मसिना–भैसहिया ३५ फिटको साढे ८ किलोमिटर सडक बनाउने गरी सम्झौता भएको नगरपालिकाका इन्जिनियर आशिषकुमार यादवले जानकारी दिए । दोस्रो चरणमा थप पुर्वाधारमा सम्झौताका लागि डीपीआर बनाउने काम पनि र्भरहेको यन्जिनियर यादवले बताए ।

सिद्धार्थनगर : 

सिद्धार्थनगर नगरपालिकामा नगरभित्र २७ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि करिब २ अर्ब रुपैयाको आयोजनामा सम्झौता भएको छ । नगरका विभिन्न वडामा प्राथमिकताका आधारमा साइकल लेनसहितको सडक बनाइने नगर प्रमुख इस्तियाक अहमद खानले बताए ।
शहरी लचिलोपन र जीवनयापन सुधार परियोजना इडब्लुसीडी’ अन्तर्गत सिद्धार्थनगरमा योजना संचालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरु गत मंसिर महिनामा स्वीकृत गरेको थियो ।

परियोजना अन्र्तगत नगरपालिका क्षेत्रमामानक सहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । यसले हरियाली पार्क र खुला ठाउँहरु सहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्नेछ । डण्डा नदीको किनारका जग्गाहरुमा आर्कषक पूर्वाधारहरु निर्माण गरिनेछ ।

सिद्धार्थनगरमा परियोजना कार्यान्वयन गर्ने क्रममा उत्कृष्ट परिणाम अनुसार थप लगानी भित्रिने अवस्था समेत रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

सैनामैना : 

सैनामैना नगरपालिकामा २१ किलोमिटर चक्रपथ र कनेक्टिटङ रोड निर्माणका लागि करिब २ अर्ब रुपैयाको आयोजनामा सम्झौता भएको छ । नगरपाालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार २ अर्ब वजेटबाट साइकल लेन सहितको आधुनिक र सुविधासम्पन्न चार लेन सडक बन्ने छ । चक्रपथ निर्माणको योजना र प्रकृया संस्थापक मेयर चित्रबहादुर कार्कीको पालामा अघि बढेको थियो ।

देवदह : 
देवदह नगरपालिकामा पहिलो चरणमा एडिबीले ३ अर्ब लगानी गर्ने देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले बताए ।

पहिलो चरणमा पालिकाको पूर्वाधारमा सुधार अन्तर्गत देवदह ९ को भलुही भाटाटोल हुँदै मुखिया टोल, देवदह ४ सिगहा हुँदै नगरपालिका जाने सडक, देवदह ७ बन चौकी देखि मायादेवी पार्क हुँदै बुद्ध सर्किट सडक, देवदह ८ को बुधबारे हाटबजारदेखि तिलोत्तमाको बनाह जाने सडक र देवदह ७ सित्तलनगर भवानीपुर हुँदै सोइया जाने सडकको निर्माण प्रक्रिया सुरु डुम्रेले जानकारी दिए ।

सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?