© २०२३
सल्यान, ४ माघ । आफ्नो हरेक जन्मदिनलाई सृजनशील बनाउँदै आएका सल्यानका एक सामाजिक अभियान्ताले यसपटक पनि सामाजिक कार्यमा सहयोग गरेर मनाएका छन । सामाजिक अभियान्ता तथा संचारकर्मी ज्ञानेन्द्र पुन मगरले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका हुन् । बुधबार २३ औं जन्मदिनको अवसरमा शारदा नगरपालिका–३ पौवाबारीमा रहेको खड्गदेवी प्रथामिक विद्यालयलाई उनले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर विद्यालयलाई १६ दर्जन कापी सहित अन्य १२ हजार बढिको शैक्षिक सामग्री वितरण गरेको ज्ञानेन्द्रले बताए । युवाले शिक्षामा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्यले विद्यालयको शैक्षिक स्तर वृद्धिमा टेवा पुगोस् भनेर शैक्षिक सामग्री सहयोग गरिएको उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष दिपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा– ३ का वडाअध्यक्ष तुलसा भण्डारी, प्रधानाध्यापक टिकाराम खड्का, शैक्षिक सुधारका अभियान्ता मौषमदास श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । उनीहरुले शिक्षा क्षेत्रमा ज्ञानेन्द्रले पुर्याएको योगदान र समाजमा फौएको सकारात्मक सन्देशको प्रसंशा गरेका थिए ।