© २०२३
बुटवल,२ माघ । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीलाई आफ्नै पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । जिल्लाको बिकास निर्माणमा कुनै खालको प्रभाबकारी भुमिका नदेखिएको भन्दै गृहजिल्ला दाङमा उनलाई कालोझण्डा देखाईएको हो । बबई २ का क्रियाशिल सदस्य पूर्णबहादुर खड्काले मंगलबार गिरीलाई कालो झण्डा देखाएका हुन् । पूर्ब सिंचाइ मन्त्री समेत रहेका गिरी आफ्नो वडाका कार्यकर्तासंग भेटघाट गर्न आउने क्रममा उनले कालो झण्डा देखाएका हुन् । दाङ क्षेत्र नम्बर ३ बाट निर्बाचित प्रतिनिधी सभा सदस्य गिरीले टरिगाउं बिमानस्थलमा जहाज चलाउने देखि घोराही–तुलसीपुर फोरलेन सडकको बारेमा कुनै चासो नदिएको स्थानीयको आरोप छ । पश्चिम दाङको राजनितिमा अर्का कांग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरी र दिपक गिरी बिच बिगतदेखि नै जिल्लाको राजनितिलाई आफ्नो पकडमा राख्न गुटगट लडाई रहदै आएको छ । आन्तरिक गुटबन्दिले गेहेन्द्र तुलसीपुर मेयरमा दोस्रोपट चुनाब लडेर हारेका हुन । गेहेन्द्र र दिपक दाजुभाइ हुन् ।