ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुपन्देही ब्यापार संघको नेतृत्व लिन भण्डारी र अधिकारी प्यानलै बनाएर चुनावमा ( सबै उम्मेदवारको सूचि सहित )

वरिष्ठ उपाध्यक्षमा ढकाल र महासचिवमा पन्त निर्विरोध
२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

बुटवल,२ माघ । रुपन्देही ब्यापार संघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दिपक अधिकारीले पदाधिकारीमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

माघ ५ गते शुरु हुने २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट आगामी २ वर्षका नयां नेतृत्व चयन गर्न आज उम्मेदवारको मनोनयन भएको हो । भण्डारी २०५७ सालमा संघको कार्यसमिति सदस्यदेखि सचिव, महासचिव हुंदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका हुन् भने अधिकारी २०६६ सालमा संघले ब्यापार मेला आयोजना गर्दा उपसमिति सदस्य भएर संघमा सक्रिय हुन थालेका हुन् ।

नेकपा एमाले निकट व्यवसायीको वाहुल्य रहेको संस्थामा व्यवसायीहरु दुई प्यानलमा विभाजित भएर प्यानलै बनाएर चुनावमा होमिएपछि एमाले जिल्ला नेतृत्वलाई टाउको दुखाई भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्सुराम पन्तको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भए । अध्यक्षका उम्मेदवार भण्डारीको दावी अनुसार वरिष्ठ उपाध्यक्ष ढकाल र महासचिव पन्त उनको प्यानलका  हुन् ।

प्रथम उपाध्यक्षमा डिल्लीराजको प्यानलबाट दयानिधी भण्डारी र दीपकको प्यानलबाट ऋषिराम पाण्डे, द्वितीय उपाध्यक्षमा डिल्लीराजको प्यानलबाट नामदेव पाण्डे (विकास) र दीपकको प्यानलबाट प्रेमनाथ पाण्डे, कोषाध्यक्षमा डिल्लीराजको प्यानलबाट झविन्द्र अधिकारी र दीपकको प्यानलबाट मनिराम खनाल (मणि) , सचिवमा डिल्लीराजको प्यानलबाट मनहरी बस्याल र दीपकको प्यानलबाट मनिमदिन मिया,सहसचिवमा डिल्लीराजको प्यानलबाट प्रकाशराज पौडेल तथा दीपकको प्यानलबाट मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा डिल्लीराजको प्यानलबाट विनित भट्टराई र दीपकको प्यानलबाट अर्जुनप्रसाद भट्टराईको उम्मेदवारी परेको छ ।

२० मध्ये १६ जना कार्यसमिति सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । चार जना कार्यसमिति सदस्यहरुमा हरि बहादुर सुनार , पुर्ण प्रसाद काफ्ले , तिलक आचार्य र कुल बहादुर बिसी निर्बिरोध भएका छन् । संघमा एक हजार पांच सय बढी मतदाता रहेको महासचिव दयानिधी भण्डारीले जानकारी दिए ।
अध्यक्षका उम्मेदवार भण्डारीले आफूले २०५७ सालदेखि संघका विभिन्न पदमा रहेर क्रमैसंग जिम्मेवारी पूरा गर्दै वरिष्ठ उपाध्यक्ष पदमा आउंदासम्म निरन्तर योगदान गरेका आधारमा अध्यक्षमा आफ्नो दावी विल्कूल स्वभाविक र न्यायोचित भएको बताए ।
‘मैले अध्यक्षमा दावी गर्न नहुने, नमिल्ने केही कारण छैन, बरु मेरो निर्विवाद छवि र काम अनि योगदानको आधारमा सर्वसम्मत बनाइनुपर्दथ्यो तर संस्थामा एकखालको अराजकता निम्ताउने, अग्रजको योगदानलाई बेवास्ता गरेर कसैलाई टपक्क टिपेर ल्याउने काम भएको छ, यसलाई व्यवसायीहरुले आफ्नो गोप्य मतमार्फत न्याय गर्नुहुनेछ भन्ने विश्वास छ’– भण्डारीले भने ।
अधिकारीले भने अब व्यवसाधिक संघ संस्थाहरू परम्परागत ढंगले नचल्ने हुँदा संघको नेतृत्व युवा पंक्तिमा जानु अहिलेको आवश्यकता भएकोले आफुले अध्यक्षमा दावी गरेको बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?