© २०२३
बुटवल,२ माघ । त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो गाडी रित्तै फेला परेको छ । बीआर ०९ जीसी १४३० नम्बरको सिङ्गल क्याब भएको बोलेरो गाडी आज बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गाडीभित्र मान्छे र सामान पनि केही नभएको अवस्थामा भेटिएको हो ।
मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम भइरहेको पनि उनले बताए ।