© २०२३
काठमाडौं,१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सोमबार मेलम्ची खानेपानी पुनस् वितरण शुभारम्भ कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए। ‘मलाइ गर्भ र हर्सको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिए,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद,अब वितरणको काम दिगो हुने छ,१२ महिना ल्याउन यहाँबाट सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छुु, उनले भने।
उनले जटिल समस्या आए सरकारले तत्कालै सम्बोधन गर्ने पनि बताए। ‘बाढीको कारण १२ महिना पानी ल्याउन सकिएन,अब यसलाई सरकारले पहिलो प्राथमिकता दिएको छ’,उनले भने।