© २०२३
तिलोत्तमा, २९ पुस ।
चिदिपानी तिलोत्तमा समाज रूपन्देहीको अध्यक्षमा कृष्णप्रसाद भट्टराई (खिम) चयन भएका छन् । तिलोत्तमाको बनवाटिकामा भएको पहिलो अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गुरु प्रसाद भुषाल, महिला उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा ओम प्रकाश भण्डारी, कोषाध्यक्षमा राम प्रसाद भण्डारी, सह सचिवमा मोतीलाल भण्डारी भयन भए ।
त्यसैगरी सदस्यमा छब वहादुर भण्डारी, बिष्णु बहादुर थापा, मिनप्रसाद भण्डारी, कृष्ण प्रसाद भट्टराई, माया भण्डारी, भक्त बहादुर थापा, बाबुराम भट्टराई, दिपक भण्डारी, श्याम प्रसाद भट्टराई, रमेश खत्री, पुष्पा खत्री, कल्पना भण्डारी, सुमीत्रा वस्नेत, निर्मला अर्याल, गीतासिङ्ग हमाल ठकुरीलगायत रहेका छन् ।
यसैगरी चिदीपानी तिलोत्तमा समाज सत्यवती गुल्मीले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा वनभोज साधारण सभा तथा प्रथम अधिवेशन शनिवार तिलोत्तमाको वनवाटिकामा सम्पन्न भएको छ ।
“बुझौं हाम्रो सामाजिक रीति र थिति, जोगाऔ हाम्रो गौरवमय संस्कृति” भन्ने मूल नाराका साथ स्थापना भएको चिदिपानी तिलोत्तमा समाज रूपन्देही, गुल्मी जिल्ला चिदिपानीवाट रूपन्देहीको तिलोत्तमामा बस्दै आएकाहरुको संस्था हो ।
समाजले जेष्ठ नागरिकहरु ८८ वर्षीय नन्दराम भट्टराई, ८२ वर्षीय टेकबहादुर खत्री, ८२ वर्षीय सुर्यदत्त भुसाल, ८६ वर्षीय क्याप्टेन यमबहादुर खत्री, ८१ वर्षीय मिनबहादुर बस्नेत, ८४ वर्षीया मनुकला थापा, ८० वर्षीया गुणकला खत्री, खेमकुमारी खत्री र रुमलाल भुसाललाई सम्मान गरेको हो ।