© २०२३
काठमाडौ.,२९ पुस । सत्ता गठबन्धनमा सहभागी जनमत पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन गरेको संयुक्त अपीलमा हस्ताक्षर गरेको छैन । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपील गरेकामा जनमतले हस्ताक्षर नगरेको हो ।
गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरह जनमत पार्टी भने असन्तुष्ट देखिएको हो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले यस विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए ।
‘हामीलाई साझा उम्मेदवारबारे पनि जानकारी छैन, साझा विज्ञप्ति बारे पनि जानकारी छैन’, उनले भने ।
गठबन्धनको बैठकमा कहिले बेलाउने कहिले नबोलाउने गरेको उनको भनाइ छ । राष्ट्रियसभा चुनावका लागि जनमतले मधेश र लुम्बनीमा छुट्टै उम्मेदवार अघि सारेको छ ।