Butwal Today

यस्तो छ राप्ती नदी पुलमा भएको बस दुघर्टनाका मृतक र घाइतेको पूर्ण विवरण

२८ पुष २०८०, शनिबार
अ+
अ-

बुटवल,२८ पुस ।  १२ जनाको मृत्यु हुने गरी दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेर भएको दुर्घटनाका मृतक र घाइतेहरुको पुर्ण विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जांदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

यस्तो छ दुर्घटनामा परेको विवरण