ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

ढकाल समाज प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा राजेन्द्र ढकाल

२८ पुष २०८०, शनिबार
२८ पुष २०८०, शनिबार

बुटवल, २८ पुस ।

नेपाल ढकाल समाज प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम भेला तथा साधारण सभाले राजेन्द्र ढकालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सतिदेबि ढकाल, सचिवमा दिपक ढकाल, कोषध्यक्षमा रेवतिरमण ढकाल, सह सचिवमा मधु ढकाल रहेका छन् भने सदस्यहरुमा रामेश्वर ढकाल, राजु ढकाल, हुमनाथ ढकाल, बलराम ढकाल, होमनाथ ढकाल, राम प्रसाद ढकाल, कमल ढकाल, ओबिदत ढकाल, लेखनाथ ढकाल भुवन ढकाल दुर्गा प्रसाद ढकाल शेर बहादुर ढकाल इन्द्रमनी ढकाल भरत केसी ढकाल, श्याम कुमार ढकाल चयन भएका छन् ।

भेलामा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठान केन्द्रीय अध्यक्ष टिकाराम ढकालले उपमन्यु गोत्रभित्र रहेका सबै ढकाल बन्धुहरु गोलबन्द हुनु जरुरी रहेको बताए । ढकालहरुको संख्या देख्दा कम देखिएता पनि नेपालमा करिब २० लाख बढी रहेको भन्दै देशैभरी छरिएर रहेका ढकालहरु गोल्बन्द हँुदै सामाजिक कार्यहरु हुन् वा सँघसंस्थामा नेतृत्व लिने कुरामा एक भएर लाग्नुपर्ने उनको भनाई छ ।

नेपालका विभिन्न सरकारी निकायहरुमा निजीक्षेत्रमा ढकालहरुको उपस्थिति राम्रो रहेको भन्दै यसलाई थप सशक्त बनाउँदै लैजानुपर्नै उनको भनाई छ । ढकालहरु एकीकृत नहँुदा धेरै अवसरहरुबाट समेत पछि परेको भन्दै ढकाल रहेका जिल्लाहरुमा समाज बिस्तार भैरहेकोले ढकालहरु नेपालका कुनैपनि जिल्ला जाँदा एक्लो नहुने उनको भनाई छ । लुम्बिनी प्रदेश संयोजक खुमराज ढकालले लुम्बिनी प्रदेशका १० जिल्लामा ढकाल समाज प्रतिष्ठान गठन भैसकेको बताए । जिल्ला जिल्लामा ढकालहरुको बसाईबारे तथ्यांक निकाल्ने र घरधुरी गन्ने काम भैरहेको उनको भनाई छ । केन्दीय वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले ढकालहरुको देशमा पहिचान गराउन समेत एकतामा बाँधिनु जरुरी रहेको बताए ।

“हामी ढकालहरु कहाँबाट आएका हौं, कति छौं भन्ने यकिन निकाल्न र आफ्नो पुख्र्यौलीबारे पत्ता लगाउन समेत गोलबन्द हुनु जरुरी छ”–उनले भने । केन्द्रीय महासचिब दामोदर ढकालले देशैभरी जिल्ला समिति, नगर समिति, क्षेत्रिय समिति गठन हुने काम भैरहेको बताए । कार्यक्रममा केन्द्रीय सल्लाहकार नन्दीकिशोर ढकाल, पर्शुराम ढकाल, लेखनाथ ढकाल, केन्द्रीय सदस्य तारापति ढकाल, बिष्णुमाया ढकाल, कपिलबस्तु अध्यक्ष पदम ढकाल, बुटवल नगर अध्यक्ष माधव ढकालले उपमन्यु ढकालहरु एक हुन जरुरी रहेको भन्दै ढकालहरुलाई सहयोग र गोलबन्द गराउँदै लैजानुपर्ने बताए ।

कार्यक्रममा ढकालहरुको नाम उच्चो राखेको भन्दै नेपाली सेना पश्चिम पृतना हेड कवाटर बुटवलका प्रमुख पृतनापति यम प्रसाद ढकाल, नेपाल टेलिभिजनका बुटवल सम्वाददाता वरिष्ठ पत्रकार हरिष ढकाल, प्रोफेसर दामोदर ढकाल, लिला बल्लभ ढकाललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?