© २०२३
भैरहवा, २७ पुस ।
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको आयोजनामा शुक्रबारदेखि तिलोत्तमाको मणिग्राम चोकमा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर सुरु भएको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको लायन्स तिलोत्तमा स्टार्सका मेम्बरसीप ग्रोथचियर प्रसन मधुसुदन गैरेले बताए । कार्यक्रम संयोजक मिना बस्याल खरेलले आफ्नो शुभकामना मन्तव्य दिदै शुक्रबार र शनिवार पनि कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी दिइन ।
लायन्स इन्टरनेसनल फाउन्डेसनको सहयोग तथा तिलोत्तमा हाइ टेक ल्याबको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने क्लबकी सस्थापक अध्यक्ष लक्ष्मी थापाले जानकारी दिइन् ।
शिविरको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका जोन चेयरपर्सन लायन गोविन्द प्रसाद गिरीले पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएकोले जसरी भिजनको क्षेत्रमा एक शताब्दी लायन्सले लगानी गरेको र अबको दिनमा मधुमेहले विकराल तथा भयावह अवस्था ल्याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रमा पनि पुगेर जनचेतनामूलक कार्यक्रम गरिने बताए । क्लबका एक्स्टेन्सन चियरपरसन समेत रहेका गिरिले क्लब स्थापना पश्चात् सहयोगी हातहरु फैलिएका दिन दुखीको सहयोगमा क्लब खटिदा खुसी व्यक्त गर्दै क्लबले गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शिविरको उद्घाटन कार्यक्रममा तिलोत्तमा हाइ टेक ल्याबका संचालक प्रविण साह, लायन्स क्लब अफ सन स्टार्सका अध्यक्ष लक्ष्मण पन्थ, तिलोत्तमा स्टार्स क्लबकी प्रथम उपाध्यक्ष लायन बिना पौडेल क्षेत्री, सदस्य दिपा पान्डे गौतम, रत्ना रिजाल, पितामबर खनाल, लायन्स क्लब अफ तिलोत्तमा स्टार्सकी सस्थापक अध्यक्ष लक्ष्मी थापा, मिना बस्याल खरेल, रमेश पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसै बर्ष स्थापना भएको एरिया–५ मा रहेको लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले सक्रिय रुपमा सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइ रहेको छ । अन्तर्राष्ट्रिय सामाजिक क्षेत्रमा अग्रसर लायन्स क्लबका जन्मदाता मेलबिन जोन्स जन्मोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको हो ।