© २०२३
सल्यान,२७ पुस । सल्यानको छत्रेश्वरी गाउँपालिकामा म्यादी जीवन बिमा गराएका दलित समुदायका बिमितको परिवारलाइ बिमा बापतको रकम भुक्तानी गरिएको छ । सवारी गुर्घटनामा परेर मृत्यु भएकी छत्रेश्वरी ३ निवासी सुनिता बिकका छोरा पुस्पकमल सुनारलाइ दुई लाख १० हजार रुपैया भुक्तानी गरिएको हो ।
छत्रेश्वरी गाउँपालिका सल्यान र आइएमइ लाइफ इन्स्योरेन्सका बिचमा भएको दलित समुदायको म्यादी जीवन बिमा सम्झौता बमोजिम शुक्रबार गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बिमा बापतको रकम प्रदान गरेका हुन् । गाउँपालिकाले आफ्नो पालिका भित्रका ७२१ जना दलित समुदायका व्यक्तिको म्यादी जीवन बिमा सम्झौता गरिदिएको छ ।
२०८० कार्तिक २० गते कपुरकोट ३ मुलपानीमा सुनिता बिकको सवारी दुर्घटनामा मृत्यु भएको थियो । बिमांक रकम १ लाख रहेकोमा बिमा दाबी रकम २ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । सो अवसरमा आइएमइ लाइभ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकायाले म्यादी जीवन बिमाको बारेमा जानकारी गराउदै छत्रेश्वरी गाउँपालिकाले आफ्ना नागरिकको हितको लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहरा, सल्यान दृष्टिकोणका उपाध्यक्ष ज्ञानेन्द्र पुन लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शंकर केसीले गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी