© २०२३
बुटवल,२७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । यसअघि रेशमपत्नी रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष थिइन् । टिकापुरमा शुरु भएको प्रथम महाधिवेशन अन्तर्गत चुनावी कार्यक्रममा निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन ।
महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ । उनी टिकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय पाएका थिए । तर सरकारको सिफारिशमा राष्ट्रपतिबाट कैद मिनाहा भएर केही महिनाअघि रिहा भएका थिए ।