ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

रुसमा अझै १३३ जना नेपाली जोखिममा

२७ पुष २०८०, शुक्रबार
२७ पुष २०८०, शुक्रबार

बुटवल,२७ पुस ।    रुसमा अझै १३३ जना नेपाली जोखिममा रहेको सम्बन्धित व्यक्तिका आफन्तले सरकारलाई जानकारी गराएको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन् । उनले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए ।

शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले भने, ‘रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । अरू धेरै जना जोखिममा पर्नुभएको छ । तर यो समस्या नेपाल सरकारको कारणले आएको होइन । जो त्यहाँ गएको छ, रुसी सेनामा काम गरिरहेको छ, उनीहरू विद्यार्थी भिसामा, भिजिट भिसामा त्यहाँ पुगेका हुन् । भिसा प्रयोजनलाई तोडेर उहाँहरू त्यहाँको सेनामा भर्ना हुनुभएको छ ।’

परराष्ट्र मन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए । ‘आठ वटा शवहरू अहिले त्यहाँको शव गृहमा राखिएको कुरा मसँग आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल गरिरहेका छौँ,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यहरु त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’
उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए । ‘‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ । कहाँ जाँदै छु रु कस्तो देशमा जाँदै छु रु कुन कानुनीरुपमा ठिक छ, कुन ठिक छैन रु त्यो कुरामा सबैले ध्यान पुर्याउनु आवश्यक छ,’ उनले भने ।

परराष्ट्र मन्त्री साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी गरेका छन् । ‘प्रधानमन्त्रीले छिमेकी दुई देशहरूको भ्रमण गर्नुभयो । वास्तवमा यी भ्रमणहरू विगतका भन्दा ऐतिहासिक छन्, निर्विवाद र गुणात्मक छन्,’ उनले भने, ‘त्यसकारण यो सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने र ट्रयाकमा ल्याउने काम गरेको छ ।’

उनले छिमेकी देश भारतसँग हालैमात्र १० हजार मेगावाट बिजुली उत्पादन र निकासीका विषयमा व्यापार सम्झौता गरेको बताए । मन्त्री साउदले इजरायलमा युद्धमा परेर हमासको नियन्त्रणमा परेका विपिन जोशीको उद्धारका लागि समेत सरकारले पहल गरिरहेको बताए ।

‘विपिन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् । उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपिन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?